r/NepalWrites • u/sunfl0w3red • 4h ago
Other Forms Bhoot (भूत)
जब म सानो थिएँ, सबैले मलाई भूत भन्थे।
स्कुलमा, घरमा, सबै केटा केटीले जिस्काउँथे।
“स्कुल जान डर लाग्थ्यो, म घरमा पढ्छु, स्कुल जाँदिन” भन्थेँ मम्मीलाई तर मम्मी मान्नुहुन्नथ्यो।
“स्कुलमा कसैले केही भनेछ?, भोलि प्रिन्सिपल अफिसमा आएर कुरा गर्छु” मम्मीबाबा भन्नुहुन्थ्यो अनि म रुन्चे अनुहार बनाएर स्कुल जान्थेँ।
स्कुलमा कोही कोही मिस, सरहरूले माया गर्दा मलाई अचम्म लाग्थ्यो।
UKG मा मलाई याद छ, मेरो क्लास टिचर मिसले सबैको क्लासवर्क चेक गर्दा,
मेरो मिस्टेक हुँदा सबै क्लासलाई नै मलाई प्रेज गर्न लगाउनुहुन्थ्यो,
“तिम्रो नाम कस्तो राम्रो, सबै जना क्ल्याप गर उसलाई” भन्नुहुन्थ्यो।
किन माया गरेको होला, म त राम्रो मान्छे होइन, लाग्थ्यो।
सायद मेरो मनभित्रको डर उहाँले महसुस गर्नुहुन्थ्यो।
मेरो घरसाइडको रिटायर्ड आर्मी अंकल अनि अर्को १ जना कनभर्टेड पास्टर अंकलले नि माया गर्नुहुन्थ्यो।
मलाई फिल नै हुन्थ्यो, उहाँहरू हाँसेर बोल्नुहुन्थ्यो।
स्कुलबाट घर फर्किँदा मलाई बाटोमा देख्दा खुसी भएर बोल्नुहुन्थ्यो।
म कहिलेकाहीँ मम्मीले भनेको नमानेर बाहिर बाटोमा खेलेर गाली खाएको देख्दा पनि मलाई नै सपोर्ट गरेर बोल्नुहुन्थ्यो।
तर लाग्थ्यो किन??? म त त्यस्तो स्पेसल केही छैन।
“उहाँहरूलाई के थाहा, म सानो उमेरको लाग्छ उहाँहरूलाई तर म त सबै बुझ्छु, म बुझ्ने छु” यस्तो लाग्थ्यो।
“सायद म धेरै चकचके भएर होला माया गरेको।”
स्कुल जाँदा मान्छेहरूले घुर्थे, सबैले मलाई नै हेर्थे।
कोही आन्टीहरूले “बाबुलाई कहाँ देखे जस्तो लाग्यो”, कोहीले “टिभीमा देखे जस्तो लाग्यो, कुन सिरियलमा” भन्थे।
“यो आन्टीले भूत कहाँ देख्नुभयो छ” भनेर सोच्थेँ।
कहिलेकाहीँ मम्मी मसँग रिसाउँदा
“तँलाई हामीले पाएको होइन, हेर्दा हामीजस्तो देखिँदैनस् पनि, तँलाई त हामीले बाटोमा भेटेर ल्याएको, एडप्ट गरेको हो” यस्तो भन्नुहुन्थ्यो।
अनि म रुन्थेँ।
सानोमा मेरा साथीहरू हामी साँझमा लुक्नेपिकल खेल्दा मलाई हेर्न डर लाग्छ,
“भाग्योयोयोयोयोयोयोयोयो............ ” भनेर भाग्थे।
स्कुल लाइफ अनि बाल्यकाल, म भूत भएर बिताएँ।
स्कुल बिदा भएपछि घर नगई, स्कुल नजिकैको ग्राउन्डमा होमवर्क गरेर बस्न थालेँ।
क्लास १ मा, मेरो साथी र मलाई ग्राउन्डमा मम्मीले होमवर्क गरेको भेट्नुभयो अनि ग्राउन्डमा होमवर्क गर्न नि बन्द भयो।
इन्सिक्युरिटी अनि कताकता रिस मेरो मनमा भरिसकेको थियो।
हाँस्न म छोडिसकेको थिएँ, हाम्रो समाजबाट घर बेचेर अर्को ठाउँमा जान पाए हुन्थ्यो भनेर रुन्थेँ।
क्लास ३ मा स्कुल चेन्ज गर्ने रे भनेर घरमा मम्मीबाबा कुरा गरेको सुन्दा, मेरो खुसीको सीमा नै थिएन।
“अब स्कुलमा कसैले जिस्काउँदैन, घर नि चेन्ज गरेपछि साथीले नि जिस्काउँदैन, कति मजा आउँछ अब” यस्तो सोचेर बस्थेँ।
तर जति समाज अनि स्कुल चेन्ज गरे पनि, खोट त ममा नै थियो त्यो मैले बुझ्दिनथेँ।
स्कुल चेन्ज भयो, तर मेरो अनुहारसँगसँगै मेरो पुरानो स्कुलको साथी नि सँगसँगै नयाँ स्कुलमा आयो।
अनि यो स्कुलमा नि अब म भूत भएर चिनिएँ।
टिचरले क्लासमा क्वेस्चन सोध्दा, म छुटेको सायद कुनै दिन नै हुँदैन थियो।
“यसलाई त क्वेस्चन १००% सोध्छ टिचरले” भनेर क्लासमेटहरू भन्थे।
घर आएर ऐनामा मेरो आँखा हेर्दा मलाई रिस उठ्थ्यो।
मेरो मम, ड्याड, दिदी, दाइको जस्तो म किन छैन भनेर रिसाउँथेँ।
“राति त यसको आँखा बिरालोको जस्तो टल्किन्छ रे।”
“भूतहरूको सानो सानो बच्चाहरू यस्तो भएर जन्मिन्छ रे।”
“किचकण्डीसँग यसको बिहे हुन्छ रे यो ठूलो भएपछि।”
साथीहरूसँग खेल्दा यी कुरा सुनिरहन्थेँ।
ऐना, समाज, मान्छेहरू सबैले मलाई इन्सिक्युर फिल बनाउँथ्यो।
"क्लास ६ को फाइनल सकिएपछि, अब क्लास ७ सुरु हुन्छ। अबदेखि म कहिल्यै ऐना हेर्दिन” भनेर संकल्प लिएँ।
थाहै नपाई, ऐनासँगसँगै म मान्छेहरूलाई नि हेर्न छोडिदिएँ।
“आई कन्ट्याक्ट गरेन अनि टाउको सधैं तल बनायो भने, टिचरले क्वेस्चन नि सोध्दैन अनि मान्छेले घुर्दैन पनि।” मनलाई सान्त्वना दिए
बिस्तारै नो आई कन्ट्याक्ट अनि थोरै कम्युनिकेशन अरू ह्युमनसँगले, मेरो मेन्टल पिस राम्रो भयो।
बिस्तारै बिस्तारी क्लास बढ्यो, अनि टिचरले क्वेस्चन सोध्ने क्रम नि घट्यो, अब त झन् कस्तो आनन्द।
क्लास ७ मा लिएको डिसिजन, one of best decision of my life लाग्थ्यो।
क्लास १० मा टिचरले रोल नं अनुसार क्वेस्चन सोध्ने भनेर, रोल नं ३
“ल तिमी भन यसको आन्सर” भनेर मलाई सोध्दा
मेरो आवाज नभई, मेरो आँखाबाट आँसु निस्केको मलाई याद छ।
“ल किन यस्तो रातो पिरो भएको, निम्बु निचारेको जस्तो, के भयो?” सरले यस्तो भन्नुहुन्थ्यो।
सरले त्यसो भन्दा,
“लौ किन आँसु झरेछ, आवाज नै निस्कँदैन त, आआआआआआ........... म त मेरो आवाज नै बिर्सेछु” म यस्तो सोच्दै सरलाई घुरे।
त्यो डिसिजनले साइड इफेक्ट पो पारेछ। मेन्टल पिससँगसँगै मलाई त सोशल एन्जाइटी पनि दिएछ।
"तर म त भूत हो, भूतहरू कहाँ बोल्छ र, भूतले हेर्यो, अज भूत करायो भने त सबै मान्छे डराउँछन्।"
स्कुलमा टिचरहरूले, assembly लाइनमा different सेक्शनका स्टुडेन्टहरूले, drinking water पिउन जाँदा स्कुल करिडोरमा भेट्ने अरू स्टुडेन्ट
अनि हाफटाइममा मेरा सिनियर अनि जुनियरहरूले कस्तो अचम्म मानेर हेर्थे।
स्कुल सकियो, हाई स्कुल नि सकियो अनि कलेज नि।
आज म ऐनामा हेर्दा इन्सिक्युरिटी होइन, blessed फिल हुन्छ।
blessed फिल मलाई मेरो खैरो अनि खरानी आँखा कलरमा होइन, यो डिफरेन्ट आई कलरले सिकाएको पाठमा हुन्छ।
यदि म "भिन्न " नभएको भए, म नि सायद आज अरू मान्छेहरू जस्तै आफूमा अरू केही चेन्ज गर्न खोज्दै हुन्थेँ होला।
कहिले कसो साना केटा केटीहरूले “यो दाइको आँखा कस्तो छ!!” भनेर जिज्ञासु हुँदै सोध्या,
त्यो इन्सिक्युर सानो भूतको याद आउँछ।
खास उसलाई
“तिमी कति blessed छौ, सबै मान्छेसँग भूत भएर जन्मिने भाग्य नै कहाँ हुन्छ र।”
भनेर बुझाउन सक्थेँ।