r/NepalWrites 4h ago

Other Forms Bhoot (भूत)

2 Upvotes

जब म सानो थिएँ, सबैले मलाई भूत भन्थे।

स्कुलमा, घरमा, सबै केटा केटीले जिस्काउँथे।

“स्कुल जान डर लाग्थ्यो, म घरमा पढ्छु, स्कुल जाँदिन” भन्थेँ मम्मीलाई तर मम्मी मान्नुहुन्नथ्यो।

“स्कुलमा कसैले केही भनेछ?, भोलि प्रिन्सिपल अफिसमा आएर कुरा गर्छु” मम्मीबाबा भन्नुहुन्थ्यो अनि म रुन्चे अनुहार बनाएर स्कुल जान्थेँ।

स्कुलमा कोही कोही मिस, सरहरूले माया गर्दा मलाई अचम्म लाग्थ्यो।

UKG मा मलाई याद छ, मेरो क्लास टिचर मिसले सबैको क्लासवर्क चेक गर्दा,

मेरो मिस्टेक हुँदा सबै क्लासलाई नै मलाई प्रेज गर्न लगाउनुहुन्थ्यो,

“तिम्रो नाम कस्तो राम्रो, सबै जना क्ल्याप गर उसलाई” भन्नुहुन्थ्यो।

किन माया गरेको होला, म त राम्रो मान्छे होइन, लाग्थ्यो।

सायद मेरो मनभित्रको डर उहाँले महसुस गर्नुहुन्थ्यो।

मेरो घरसाइडको रिटायर्ड आर्मी अंकल अनि अर्को १ जना कनभर्टेड पास्टर अंकलले नि माया गर्नुहुन्थ्यो।

मलाई फिल नै हुन्थ्यो, उहाँहरू हाँसेर बोल्नुहुन्थ्यो।

स्कुलबाट घर फर्किँदा मलाई बाटोमा देख्दा खुसी भएर बोल्नुहुन्थ्यो।

म कहिलेकाहीँ मम्मीले भनेको नमानेर बाहिर बाटोमा खेलेर गाली खाएको देख्दा पनि मलाई नै सपोर्ट गरेर बोल्नुहुन्थ्यो।

तर लाग्थ्यो किन??? म त त्यस्तो स्पेसल केही छैन।

“उहाँहरूलाई के थाहा, म सानो उमेरको लाग्छ उहाँहरूलाई तर म त सबै बुझ्छु, म बुझ्ने छु” यस्तो लाग्थ्यो।

“सायद म धेरै चकचके भएर होला माया गरेको।”

स्कुल जाँदा मान्छेहरूले घुर्थे, सबैले मलाई नै हेर्थे।

कोही आन्टीहरूले “बाबुलाई कहाँ देखे जस्तो लाग्यो”, कोहीले “टिभीमा देखे जस्तो लाग्यो, कुन सिरियलमा” भन्थे।

“यो आन्टीले भूत कहाँ देख्नुभयो छ” भनेर सोच्थेँ।

कहिलेकाहीँ मम्मी मसँग रिसाउँदा

“तँलाई हामीले पाएको होइन, हेर्दा हामीजस्तो देखिँदैनस् पनि, तँलाई त हामीले बाटोमा भेटेर ल्याएको, एडप्ट गरेको हो” यस्तो भन्नुहुन्थ्यो।

अनि म रुन्थेँ।

सानोमा मेरा साथीहरू हामी साँझमा लुक्नेपिकल खेल्दा मलाई हेर्न डर लाग्छ,

“भाग्योयोयोयोयोयोयोयोयो............ ” भनेर भाग्थे।

स्कुल लाइफ अनि बाल्यकाल, म भूत भएर बिताएँ।

स्कुल बिदा भएपछि घर नगई, स्कुल नजिकैको ग्राउन्डमा होमवर्क गरेर बस्न थालेँ।

क्लास १ मा, मेरो साथी र मलाई ग्राउन्डमा मम्मीले होमवर्क गरेको भेट्नुभयो अनि ग्राउन्डमा होमवर्क गर्न नि बन्द भयो।

इन्सिक्युरिटी अनि कताकता रिस मेरो मनमा भरिसकेको थियो।

हाँस्न म छोडिसकेको थिएँ, हाम्रो समाजबाट घर बेचेर अर्को ठाउँमा जान पाए हुन्थ्यो भनेर रुन्थेँ।

क्लास ३ मा स्कुल चेन्ज गर्ने रे भनेर घरमा मम्मीबाबा कुरा गरेको सुन्दा, मेरो खुसीको सीमा नै थिएन।

“अब स्कुलमा कसैले जिस्काउँदैन, घर नि चेन्ज गरेपछि साथीले नि जिस्काउँदैन, कति मजा आउँछ अब” यस्तो सोचेर बस्थेँ।

तर जति समाज अनि स्कुल चेन्ज गरे पनि, खोट त ममा नै थियो त्यो मैले बुझ्दिनथेँ।

स्कुल चेन्ज भयो, तर मेरो अनुहारसँगसँगै मेरो पुरानो स्कुलको साथी नि सँगसँगै नयाँ स्कुलमा आयो।

अनि यो स्कुलमा नि अब म भूत भएर चिनिएँ।

टिचरले क्लासमा क्वेस्चन सोध्दा, म छुटेको सायद कुनै दिन नै हुँदैन थियो।

“यसलाई त क्वेस्चन १००% सोध्छ टिचरले” भनेर क्लासमेटहरू भन्थे।

घर आएर ऐनामा मेरो आँखा हेर्दा मलाई रिस उठ्थ्यो।

मेरो मम, ड्याड, दिदी, दाइको जस्तो म किन छैन भनेर रिसाउँथेँ।

“राति त यसको आँखा बिरालोको जस्तो टल्किन्छ रे।”

“भूतहरूको सानो सानो बच्चाहरू यस्तो भएर जन्मिन्छ रे।”

“किचकण्डीसँग यसको बिहे हुन्छ रे यो ठूलो भएपछि।”

साथीहरूसँग खेल्दा यी कुरा सुनिरहन्थेँ।

ऐना, समाज, मान्छेहरू सबैले मलाई इन्सिक्युर फिल बनाउँथ्यो।

"क्लास ६ को फाइनल सकिएपछि, अब क्लास ७ सुरु हुन्छ। अबदेखि म कहिल्यै ऐना हेर्दिन” भनेर संकल्प लिएँ।

थाहै नपाई, ऐनासँगसँगै म मान्छेहरूलाई नि हेर्न छोडिदिएँ।

“आई कन्ट्याक्ट गरेन अनि टाउको सधैं तल बनायो भने, टिचरले क्वेस्चन नि सोध्दैन अनि मान्छेले घुर्दैन पनि।” मनलाई सान्त्वना दिए

बिस्तारै नो आई कन्ट्याक्ट अनि थोरै कम्युनिकेशन अरू ह्युमनसँगले, मेरो मेन्टल पिस राम्रो भयो।

बिस्तारै बिस्तारी क्लास बढ्यो, अनि टिचरले क्वेस्चन सोध्ने क्रम नि घट्यो, अब त झन् कस्तो आनन्द।

क्लास ७ मा लिएको डिसिजन, one of best decision of my life लाग्थ्यो।

क्लास १० मा टिचरले रोल नं अनुसार क्वेस्चन सोध्ने भनेर, रोल नं ३

“ल तिमी भन यसको आन्सर” भनेर मलाई सोध्दा

मेरो आवाज नभई, मेरो आँखाबाट आँसु निस्केको मलाई याद छ।

“ल किन यस्तो रातो पिरो भएको, निम्बु निचारेको जस्तो, के भयो?” सरले यस्तो भन्नुहुन्थ्यो।

सरले त्यसो भन्दा,

“लौ किन आँसु झरेछ, आवाज नै निस्कँदैन त, आआआआआआ........... म त मेरो आवाज नै बिर्सेछु” म यस्तो सोच्दै सरलाई घुरे।

त्यो डिसिजनले साइड इफेक्ट पो पारेछ। मेन्टल पिससँगसँगै मलाई त सोशल एन्जाइटी पनि दिएछ।

"तर म त भूत हो, भूतहरू कहाँ बोल्छ र, भूतले हेर्यो, अज भूत करायो भने त सबै मान्छे डराउँछन्।"

स्कुलमा टिचरहरूले, assembly लाइनमा different सेक्शनका स्टुडेन्टहरूले, drinking water पिउन जाँदा स्कुल करिडोरमा भेट्ने अरू स्टुडेन्ट

अनि हाफटाइममा मेरा सिनियर अनि जुनियरहरूले कस्तो अचम्म मानेर हेर्थे।

स्कुल सकियो, हाई स्कुल नि सकियो अनि कलेज नि।

आज म ऐनामा हेर्दा इन्सिक्युरिटी होइन, blessed फिल हुन्छ।

blessed फिल मलाई मेरो खैरो अनि खरानी आँखा कलरमा होइन, यो डिफरेन्ट आई कलरले सिकाएको पाठमा हुन्छ।

यदि म "भिन्न " नभएको भए, म नि सायद आज अरू मान्छेहरू जस्तै आफूमा अरू केही चेन्ज गर्न खोज्दै हुन्थेँ होला।

कहिले कसो साना केटा केटीहरूले “यो दाइको आँखा कस्तो छ!!” भनेर जिज्ञासु हुँदै सोध्या,

त्यो इन्सिक्युर सानो भूतको याद आउँछ।

खास उसलाई

“तिमी कति blessed छौ, सबै मान्छेसँग भूत भएर जन्मिने भाग्य नै कहाँ हुन्छ र।”

भनेर बुझाउन सक्थेँ।


r/NepalWrites 11h ago

Poem Theory of love

3 Upvotes

The beauty of geometry,

your face; a perfect symmetry

mapped across your body

are the curves, contours

and a hidden boundary.

A touch,

then trespass

then annexation.

Love:

a cotyledon splitting

the dirty seed.

Love demands death & destruction,

dissolution of self and ego.

Love is the metamorphosis of the lover.


r/NepalWrites 8h ago

Poem Who deserves Happiness?

1 Upvotes

Does a man have to earn his right to be happy?
Or is happiness his birth right regardless?
They say karma is cyclic, you reap what you sow.
So, does he deserve to enjoy his life,
when he never gave any reason to rejoice?
Maybe he doesn't. Or maybe... he does.
The full story remains in the shade, yet we always rush to judge.
Yes, the devil is worthy of our scorn.
But should he be forever denied the chance to atone?


r/NepalWrites 17h ago

Poem Nostalgiac

2 Upvotes

i'll give you days, months, season of peace

till its hard to handle that loneliness anymore

then i'll kill your mother

i'll give you love till its difficult to breathe

i'll give you sweetness till you choke

then i'll break your tendrils

i'll birth your sons and daughters

face exactly like your past lovers

then i'll burn you naked


r/NepalWrites 21h ago

Poem Poem/mantra feedback

3 Upvotes

Listen close
I know who I am
I am light experiencing life
It is not in me
it is me
I’m not just being present,
I am presence within a timeline,
I stand against what’s wrong, but I give my energy to what’s right,
I shine light on the beauty in life, leaving all troubles behind,
I don’t let problems manifest in my mind,
I’m in the timeline where everything I experience, aligns
Everything that happens becomes another puzzle piece,
filling in the gaps till my mission is complete,
gathering data to share wisdom,
learning love to show I care,
being me so I can lead,
I take my position as queen,
everything I want the universe delivers to me,
I have everything that I need,
my ideas are like seeds,
I plant them and the universe feeds,
my power will spread like oxygen from the trees
The world needs someone like me
Everything I am was specially designed by the we that created me
My journey was a sacred compromise, a sacrifice, to understand the dynamics of life
So I create stories when I write
This is how my beauty shines
The universe responds when I claim what’s mine


r/NepalWrites 1d ago

Poem नग्न समय...

4 Upvotes

न चञ्चलताले रोक्यो,

न भनिएको खुड्किलाले तान्यो।

न उन्मादको खहरेले भेट्यो,

न शान्त तालले नै तार्यो।

अर्थ अनेक अवसर एक

सम्पर्क अनेक स्वाद एक।

पल हरेक बाधा एक

तीर्थ अनेक सार एक।

बेहोस बादशाह नसाबिनैको।

चिरबिर प्रजा माउबिनैको।

बिउँतिएको युद्धमा निहत्था सैनिक,

जुधिरहने मन सँग भेटीेरहने मालिक।


r/NepalWrites 1d ago

Poem आत्मबोध - Self Realization

4 Upvotes

मानसपटलको एउटा आदिम विप्लव,

तरङ्गहरूको आँधी-

अनियन्त्रित, दिग्भ्रमित,

अनन्त भवसागरको अगाध शून्यमा एक्लो।

भरोसाको त्यान्द्रो

शिशिरको चिसोले काठ्याङ्ग्रिसक्यो,

प्रेमको अभिलाषा केवल

मृगतृष्णामा विलीन।

सत्यको धरातलमा ओर्लिने आशाहरू-

अब जीर्ण।

स्वयंको परिचय धुँधलिएको,

अस्तित्वको मौन पलायन-

निःशब्द, निरलंकार,

समयले छोडेर गएको

एउटा भग्नावशेष मात्र यो शरीर।

यो शून्यताको अनुभूति-

कुनै महानिर्वाण वा सम्पूर्णता होइन,

ब्रह्माण्डकै गर्भमा सदा गुञ्जिरहने

व्याकुलताको प्रतिध्वनि।

आत्मबोधको अधुरो कथा।

(I will appreciate any feedback- both in style and meaning)


r/NepalWrites 1d ago

Poem न त पाएँ, न बिराएँ तिमीलाई एकान्तबाट एकाकीको यात्रामा तिमीलाई सम्झिरहेँ बिर्साउन तिमीलाई.........

3 Upvotes

न त पाएँ, न बिराएँ तिमीलाई
एकान्तबाट एकाकीको यात्रामा
तिमीलाई सम्झिरहेँ बिर्साउन तिमीलाई

समयले धेरै मोडहरू फेर्यो,
मनले भने उही बाटो रोजिरह्यो।
आँखा अगाडि संसार बदलिँदै गयो,
तर सम्झनाले तिम्रै नाम खोजिरह्यो।

नजिक पनि छैनौ, टाढा पनि छैनौ,
मनभित्र कतै मौन भएर बसेकी छौ।
न त पाएँ, न बिराएँ तिमीलाई,
अधुरै रह्यो यो जीवनको कथा...
अधुरै मेरो माया तिमीलाई................

सपनाहरू सबै समयसँगै हराए,
तर तिम्रा सम्झनाहरू कहिल्यै हराएनन्।
मनका पानामा लेखिएका ती शब्दहरू,
आँसुले मेटाउन खोजे, मेटिएनन्..........

यदि भेट कहिल्यै फेरि भयो भने,
गुनासो केही गर्नेछैन यो मन।
मुस्कानमै लुकाइदिनेछु सबै पीडा,
र चुपचाप फेरि बिराइदिनेछु तिमीलाई..............

सायद प्रेमको यही परिभाषा रहेछ,
पाएर पनि नपाइने,
बिर्साउन खोज्दा झन् सम्झिइने,
र जीवनभर अधुरै रहिरहने...
जस्तै अधुरै रह्यो
मेरो माया तिमीलाई..................

ऋतुहरू फेरिए, वर्षहरू बिते,
तर मनले समय गन्नै जानेन।
तिमी नभएको हरेक साँझले,
तिम्रै पर्खाइको दीप बालिरह्यो।

शब्दहरू धेरै जन्मिए मनभित्र,
तर तिम्रो नाममा पुगेर रोकिए।
लेख्न खोजेँ नयाँ कथा,
हरेक पानामा तिम्रै याद पोखिए।

अब त स्वीकार्न सिकेको छु,
केही सम्बन्ध अन्त्य भएर पनि समाप्त हुँदैनन्।
तिनीहरू मनको कुनै कुनामा
श्वास बनेर बाँचिरहन्छन्।

यदि कुनै दिन
हावाले मेरो नाम तिमीसम्म पुर्‍यायो भने,
एकछिन मौन भएर सम्झिदिनु—
अधुरै भए पनि,
कसैले निस्वार्थ प्रेम गरेको थियो
तिमीलाई.................

समयले सबै कुरा लिएर गयो,
तर अझै बाँकी छ—
अन्तिम साससम्म
अधुरै रहने
मेरो माया तिमीलाई.............

र कुनै दिन
मेरो कथा कसैले सोध्यो भने,
नाम नभएको एउटा प्रेम थियो भन्नू,
जसले गन्तव्य पाएन,
तर बाटो कहिल्यै छ।डेन...............

शब्दहरू सकिएला,

गीत टुङ्गिएला,

तर मनको अन्तिम धुनमा

सधैँ गुञ्जिरहनेछ—

अधुरै भए पनि,

मेरो माया तिमीलाई...............


r/NepalWrites 1d ago

Poem “आज मैंने सीखा”

2 Upvotes

I wrote this after confessing my feelings to her.

आज एक बात समझ आई।

जो होना होता है,

वो हो ही जाता है।

हम कितना भी चाहें,

कितना भी सही करें,

मिलता वही है

जो हमारे हिस्से में लिखा होता है।

आज मैंने सच कहा।

डरते हुए भी कहा।

और जवाब मिला — “ना”।

अजीब बात है,

ये “ना” मुझे तोड़ नहीं गई।

क्योंकि उसने मेरी बात सुनी।

मेरी भावनाओं की क़दर की।

और मैंने भी उसके फ़ैसले की

इज़्ज़त की।

प्यार सिर्फ़ साथ होने का नाम नहीं है।

प्यार समझने का नाम है।

सम्मान का नाम है।

और सही समय पर

रुक जाने का नाम भी।

आज मैंने उसे खोया,

पर खुद को नहीं।

शायद इसी को जीत कहते हैं।

ठुकराया जाना

टूटने के लिए नहीं होता,

बेहतर बनने के लिए होता है।

आज दिल भारी है,

पर मन साफ़ है।

और हाँ—

आज मैं हार कर भी

जीत गया।


r/NepalWrites 1d ago

Other Forms God’s plan

6 Upvotes

"If it doesn't happen the way you wanted, it will happen in a better way than you have imagined."
That's the beauty of God's Plan.trust god.


r/NepalWrites 1d ago

Other Forms The Zoo....

4 Upvotes

A place of wandering hunger, where every empty gaze is mistaken for invitation.

They circle borrowed warmth, clawing at the bars of boundaries and call it affection.

And I remain still, learning that being seen is not the same as being known.

For a zoo is never loved for itself - only visited, consumed, and left behind.

If starved men are animals, then perhaps I have become the zoo.


r/NepalWrites 2d ago

Poem तिमी किन बोल्दैनौ?

7 Upvotes

कहिले तिमीलाई मूर्ति बनाएर पूजा गरेँ,
कहिले आफैँ मूर्ति भई बसेँ।

तिम्रो ठाउँमा एउटा ढुंगा राखेँ,
र त्यसैलाई सोधिरहेँ—
“तिमी किन बोल्दैनौ?”

म कल्पनाको दुनियाँमा भाँडाकुटी खेल्न चाहन्थेँ।
म कल्पनाको दुनियाँमा राजा–रानी बन्न चाहन्थेँ।

तिम्रो नाममा मैले कविता लेखेँ,
तिम्रो नाममा मैले प्रेमपत्र कोरेँ,
तर त्यसको केही अर्थ थिएन।

आज आएर बुझ्दै छु,
कि तिमीलाई न मैले चिनेको थिएँ,
न मैले बुझेको थिएँ।

फेरि कुनै दिन भेट भयो भने,
तिमीलाई कल्पनामा होइन,
सत्यतामा उभिएर सोध्नेछु,
“के छ खबर?”


r/NepalWrites 2d ago

Rant I am literally messed up. I am a lump.

6 Upvotes

I tried, I really did. I thought things would change, I escaped from everything, but a nameless object is chasing me.

I don't know what I should do, where I should go, what's happening around me. Sometimes it just feels like I am acting as a responsible human, and then go back to the same again, I don't want to help anyone, I am not even able to help myself.

I distanced myself from family and relatives and from me, too.

I don't know what I am running from, I am just tired, I am a lump.


r/NepalWrites 2d ago

Poem खिया लाग्ने छ(फर्स्ट चोटी लेखेको है🙂😀)

6 Upvotes

खिया लाग्ने छ प्रिय एक दिन तिम्रो रूपमा

किनकी तिमीपनि चाँदी वा सुन हैन

सोच्छौं होला सधैंभरि हुन्छ चमक तिम्रो

तर याद राख्ने गर तिमी तारा वा जुन हैन।

सोच्छौं होला रहन्छौं तिमी अनन्त कालसम्म

तर सबैभन्दा तिखो शमशिर पनि टुट्छ

सोच्छौं होला आउँदैन फुटी फुटी रुने दिन तिम्रो

तर याद राख कुनै न कुनै दिन त हिरा पनि टुट्छ।

मेटिन्न भन्ने घमण्ड के गर्छौ तिमी भन

जब सबै भन्दा चकीलो लकिर त मेटिन्छ

आफू जस्तो कोही नभएको घमण्ड नराख

तिमी भन्दा पनि राम्रो संसारमा भेटिन्छ


r/NepalWrites 2d ago

Poem My Agony | Poem

5 Upvotes

What shall I write,
My writing seems blocked
The one answer I wasn’t looking for
arrived and make me shocked.

Someone ask - From where you came ?
I replied - of course through mother
they laughed and asked me again
till then I really never bothered.

You are one from the universe
An inevitable soul wandering to one body to another
May be I am, but why should I even care
I do have 10 other things to wonder

I have to run, I have to write
I have to read and I have to fight
against my old self for making the new version of me
I have so much to do, And I think I am right

He laughed and laughed again,
“then why your agony is still not retrieved?”
“why is that longing ? and why after everything you are not relieved?”
may be, may be you are looking for one.
or may be your body have already found in someone

\- to be continued

Payal Mishra

P.S - Yesterday after an interaction with an author and the swami. I started questioning my life choices once again.


r/NepalWrites 2d ago

Poem My Agony | Poem

3 Upvotes

What shall I write,
My writing seems blocked
The one answer I wasn’t looking for
arrived and make me shocked.

Someone ask - From where you came ?
I replied - of course through mother
they laughed and asked me again
till then I really never bothered.

You are one from the universe
An inevitable soul wandering to one body to another
May be I am, but why should I even care
I do have 10 other things to wonder

I have to run, I have to write
I have to read and I have to fight
against my old self for making the new version of me
I have so much to do, And I think I am right

He laughed and laughed again,
“then why your agony is still not retrieved?”
“why is that longing ? and why after everything you are not relieved?”
may be, may be you are looking for one.
or may be your body have already found in someone

\- to be continued

Payal Mishra

P.S - Yesterday after an interaction with an author and the swami. I started questioning my life choices once again.


r/NepalWrites 2d ago

Poem My Last Message to You

13 Upvotes

Finally, I accepted it...

We can't be together anymore.

Maybe we never truly understood each other.

Thank you for everything... for teaching me what love feels like, and what pain feels like too.

I hope my distance brings you peace.

I hope you find your freedom.

So I'm stepping back now.

Our future plans failed, but I tried... I really tried.

My chapter ends here, yet I still wish for your happiest days.

Your absence hurts more than yourk presence ever did... but I'll survive it.

I'll learn to live with the silence you left behind.

The hardest part was not loosing you..... it was watching our forever turned into silence


r/NepalWrites 2d ago

Poem The sound of witness

3 Upvotes

Splayed diphthongs

unassailable schwas

metronomic inflections

stylo & genioglossus

stressed syllables

stuck

tongue and cheek

exhausted meaning

exhausted consciousness

Du boilingly aware

fluent afterthoughts

one for the meaning two for the witness


r/NepalWrites 3d ago

Poem Invisible Chains

6 Upvotes

Invisible chains
Makes it hard to breathe
When I was little
At least I knew the bounds of it
Visible to eyes
My hands could fight
Now that I am old
All it does is get stronger
For all that that's left
I can't see the shore any more


r/NepalWrites 3d ago

Poem Wrote something, how's it?

3 Upvotes

Use apna ap bemana lagta hai, use zindagi aur logo se shikayataein hoti hain aur usko lagta hai dunya me koi b kisi se itni nafrat nahi krta jitna woh khud se krti hai magar gehri khai me khoodne se pehle woh neeche jhankti hai aur usko ehsaas hota hai har koi kitna gher aahim hai aur use apna ap kitna azeez hai


r/NepalWrites 3d ago

Story(Short) I thought I was special

5 Upvotes

I thought I was special until the day I couldn't stop coughing for five minutes. My mother woke up and rushed into my room. My wife was still asleep. There was blood in my cough.

At the hospital, the doctor looked at me and asked, "Do you smoke?" My face went numb. I looked at my mother's innocent face before answering, "I used to." It was the first time she found out I had ever been a smoker.

The doctor told me I had TB. The things I did in my twenties had quietly waited for me in my thirties. For a while, I thought life had forgiven me. Then my wife filed for divorce. The woman who had taught me how to live again walked away.

When I was an avid smoker and drinker, she saved me. I quit everything because of her. Now she's gone.

So I keep asking myself, should I light another cigarette, or should I let my disease and her memory consume me instead?

Either way, something is already killing me.

The only difference is that one burns my lungs.

The other burns everything else.


r/NepalWrites 3d ago

Poem Learning to let go....!!

11 Upvotes

For my final act of love,

I won’t reach out to you even on your birthday.

I won’t send a message, I won’t check if you’re okay, I won’t remind you that I still care.

I will let the day pass quietly, even if my heart remembers.

Instead of writing to you, I will write to myself.

Instead of asking if you are okay, I will ask myself the same.

Instead of reminding you that I care, I will remind myself that I deserve care too.

This is not because I stopped loving, but because I am finally learning to love myself enough to walk away.

So for my final act of love, I will let you go completely, because this is how I set myself free.

And maybe one day, when I look back, I will be happy.

Not because I wish things were different, but because I will know I was strong enough to let go.

I will know that my final act of love was not only for you. It was for me too..


r/NepalWrites 3d ago

Poem बोझ.......

5 Upvotes

सायद बोझ नै हुनु पर्थ्यो मेरो नाम...

जन्मेको पनि बोझ भएर... बाँचेको पनि बोझ भएर...

न बुबा आमालाई खुसी दिन सकेँ, न कसैको जिन्दगीमा सधैंभरि रहन सकेँ।

यदि सधैं बोझ नै भएर बाँच्नु थियो भने... त्यसरी नै बन्द भइदिऊन् मेरा आँखा पनि... एक दिन सुत्न मन छ... अनि कहिल्यै नउठ्न मन छ...

थाकिसकेँ... सबैको जिन्दगीमा बोझ भएर।

एकचोटि त... कसैको प्राथमिकता हुन मन छ।

धेरै एक्लो लाग्छ... किन हो किन...

सधैं बोझ नै भएँ है?

हरेक मिनेट... हरेक कल... हरेक "के गर्दै छौ?"...

सबै झन्झट भयो है?

हरेक कुरा सुन भन्नु... माया गर भन्नु... सोध्नु... चिन्ता गर्नु...

सबै बोझ भयो है?

के मलाई थग्नु... कुरा लुकाउनु... मेरो पछाडि मलाई थाहै नदिई कुरा गर्नु...

त्योचाहिँ ठीक हुन्छ?

तर मैले सोध्नुचाहिँ बोझ?

तिमीले दिएको चार मिनेट... मेरो पनि त चार मिनेट नै थियो नि।

तिमीले गरेको प्रयासलाई Time & Effort भनिन्छ...

तर मैले गरेको त्यही कुरा...

किन सधैं झन्झट हुन्छ?

सायद...

माया धेरै गरेको मान्छे माया कम पाउने मान्छे हुँ।

सायद...

म समस्या नै थिएँ।

वा...

सायद...

म कसैको लागि कहिल्यै प्राथमिकता नै थिइनँ।


r/NepalWrites 4d ago

Poem Wondering what she's doing

7 Upvotes

She must have come to the courtyard by now

She must be searching for me like a madwoman

Holding the wall with soft hands

She must be weaving a new dream

If her hair falls on her face

She must be pushing it aside again

In the serene coolness of the night

She must be walking wrapped in a shawl

If a memory pops up

She must be smiling while looking at my picture

In the distant echo of the last hour

She must be startled and laughing

With her own hidden charms

She must be captivating herself

With trembling hands, she must be

Writing the poet's name on paper

Now under the cool fire of the moon

She must be melting like wax

Opening old boxes

She must be keeping my letter safe

Smiling without any reason from outside

She must be laughing at me wholeheartedly

On the table, ashes and unfinished letters

Someone must be narrating a tale about my picture

Wrapped in the darkness of the night

She must be holding the essence of life

Looking in the mirror in surprise

She must be curling her hair

On the path of abandoning love, 'going'

She must still be lingering

The host of the party must be perhaps

She must be leaning against the wall of sorrow

Feeling disappointed by my absence

Tired, she must have finally fallen asleep

In the soft valleys of dreams now

She must be walking with me


r/NepalWrites 4d ago

Poem साथी आँखा खोल !

7 Upvotes

सहरको धुवाँले तिमीलाई खायो कि,
रहरको चुहाले सतायो कि?

जीवन त सजिलो छ नि,
तिमीले बोझिलो बनायौ किन ?

कता भागिरहेछौ?
मृगतृष्णामा बाँचिरहेछौ।

कुन सपनाको खोजीमा छौ?
खोल आँखा र हेर वरिपरि।
स्वर्गमा तिमी
नर्क समान बाँचिरहेछौ।